हेटौंडाः मकवानपुरबाट गाई काटेको आरोपमा १० जना पक्राउ परेका छन् । आइतबार राति मकवानपुरको बकैया गाउपालिका–११ मा नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बकैया–९ को ५० वर्षीय संञ्चमाया ब्लोन, ४२ वर्षीय फुलमाया थिङ, १८ वर्षीय सन्देस बिक, १९ वर्षीय सोमार ब्लोन, ४० वर्षीय सोम बहादुर तमाङ, बकैया–११ को ३९ वर्षीय जनक बहादुर लो, ४३ वर्षीय राज कुमार घलान, ४० वर्षीय रबिन्द्र लो, ३३ वर्षीय पम्पराज लो बकैया–४ को ४८ वर्षीय प्रल्हाद भक्त न्यासुर रहेका छन् ।
गाईको मासु भागबन्डा लगाइरहेको अवस्थमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।