Home मुख्य समाचार युवा संघ हेटौंडा–८ को अध्यक्षमा थापा

युवा संघ हेटौंडा–८ को अध्यक्षमा थापा

राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका ८ नं.वडा कमिटीको अध्यक्ष विशाल थापा

हेटौंडाः नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कमिटीको अध्यक्षमा विशाल थापा सर्वसम्बत चयन हुनुभएको छ । शनिबार हेटौंडा–८ मा भएको राष्ट्रिय यवा संघको युवा भेलाले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी घोषणा गरेको छ । भेलाबाट उपाध्यक्षमा उमेश तामाङ र रामराज सुवेदी, सचिवमा कृष्ण केसी, सह–सचिवमा शिव चौहान, कोषाध्यक्षमा सुजिता केसीलाई चयन गरेको छ ।

युवा संघ हेटौंडा–८ वडा कमिटीका अधिवेशन आयोजक कमिटीका संयोजक विशाल थापाको सभाध्यतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुर कमिटीका सचिव एकालाल श्रेष्ठ, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, हेटौंडा–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

Exit mobile version