हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भनिएको स्थगित भएको छ । प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर हटाएर कांग्रेस, माओवादी र समाजवादीको नयाँ सरकार बनाउने भएको हो । माथिल्लो तहबाट सुचना आएपछि छिट्टै दलको बैठक बस्ने कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले बताउनुभयो ।
बामगती प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने स्पष्ट नभएकोले बैठक स्थगित गरिएको हो । कांग्रेस बागमती संसदीय दलको नेता इन्द्र बानियाँ अहिले काठमाडौंमा पार्टी सभापतिसँग भेटघाटमा रहनुभएको छ । उहाँ मुख्यमन्त्रीको प्रतिस्पर्धामा हुनुहुन्छ । बामगती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता राजेन्द्र पाण्डेले दाबी गर्नुभएको छ ।