फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा –स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट सोमबार ५३ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

२१ जना महिला र ३२ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । कोरोना परिक्षणका लागी सोमबार स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट मंगलकार दिउँसो २ बजे आउने चौलागाईले बताउनुभयो ।