सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा बुधबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८३ जनामा गरिएको पीसीआर परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट परिक्षण गर्दा कसैैमा पनि संक्रमण पुष्टि भएन । बुधबार १५ जनाको एन्टिजेन विधिबाट परिक्षण गएिको थियो । कारोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १० जना रहेका छन् । यस्तै मनहरी गाउँपालिकाका २ जनामा, भिमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्ला हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ९ सय ६९ जना पुगेको छ । जिल्लामा हाल ३ सय १७ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये ३ सय ५ होम आइसोलेसन र १२ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।

जिल्ला पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमणुक्त भएका छन् । होम आइसोलेसनमा बसेका १० र संस्थागत आइसोलेसनमा बसेका ४ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यो अवधिमा जिल्ला कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैैन । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १ सय ६३ जनाले ज्यान गुमाउइसकेका छन् ।