बागमती प्रदेशको नवनियुक्त मन्त्रीहरुले सपथ लिदै

हेटौंडाः बागमती प्रदेशमा नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । बुधबार नियुक्त गरिएका ६ मन्त्री र ४ राज्यमन्त्रीले शपथ लिएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का, आन्तरिक मामिला तथ्या कानुन मन्त्री अजय क्रान्ती शाक्य, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्री विजय सुवेदी, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले मन्त्रीको शपथ लिएका हुन् । यसैगरी राज्यमन्त्री जीवन खड्का, बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठले पनि शपथ लिएका छन् ।