हेटौंडाः हेटौंडामा बुधबार ४९ जनाको स्वाब नमुुना संकलन गरिएकोे छ । हेटौेंडा–१० स्थित स्वाब संकलन केन्द्रबाट स्वाब नमुना संकलन गराउनेमा २८ महिला र २१ पुरुष रहेका छन् ।
संकलन गरिएको स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशाला पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।