हेटौंडाः बागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार हुने भएको छ । आज दिउँसो ५ मन्त्री र ४ जना राज्यमन्त्रीलाई नियुक्त गर्ने तयारी रहेको छ ।

उनीहरुलाई आजै सपथ खुवाउने तयारी भएको नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिनुभयो ।

मंगलबार नेकपा एमालेमा बस्ने सांसहरुको टुंगो लागेसँगै आज प्रदेशको मन्त्रीपरिषद विस्तार हुने भएको हो । बागमती प्रदेशमा अहिले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र आन्तरिक मामिला तथा कानुन, भौतिक मन्त्री केशवराज पाण्डे मात्र छन् । यसअघिका सामाजिक विकास मन्त्री कृष्ण खनालले नेकपा एकीकृत समाजवादी रोजेसँगै राजीनामा दिएका थिए ।