हेटौंडा : मकवानपुरमा सोमबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११६ जनामा गरेको पीसीआर परिक्षणमा २७ जना र ४१ जनामा गरिएको एन्टिजेन परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका २६ जना रहेका छन् । यस्तै , मनहरी गाउँपालिकाका २ जना र थाहा नगरपालिकाका १ जना रहेका छन् ।
यस्तै आज होम आइसोलेसनमा बस्ने ३ जना र संस्थागत आइसोलेसनमा बस्ने ३ जना गरी ६ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । यो संगै जिल्लामा कोरोना मुक्त हुनेको संङख्या १४ हजार ४ सय १५ पुगेको छ । हाल होम आइसोलेसनमा ३०८ जना र संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् । जिल्लामा हाल ३२१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।