हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनमा हेटौंडा–२ को सभापतिमा भवसागर श्रेष्ठ निर्वाचित हुनुभएको छ । सभापति पदमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।
आइतबार राती सुरु भएको निर्वाचनको अन्तिम परिणाम सोमबार बिहान सार्वजनिक भएको हो । निर्वाचनमा भवसागर श्रेष्ठ २२६ मतसहित सभापतिमा विजयी हुनुभयो भने अर्का आकांक्षी रविन्द्र घिमिरेले १६१ मत मात्रै पाउनु भयो ।
यस्तै उपसभापति टिकाभक्त उप्रेती र अर्जुन श्रेष्ठ, सचिवमा मुरारी सुवेदी र नवराज घिमिरे, सहसचिव लक्ष्मी गौतम र होमप्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । २ नम्बर वडाबाट क्षेत्रीय प्रतिनिधि २४ जना चयन भएका छन् ।