स बाट हुने शुरुवातमा यी पाना रंगाउँदै छु
स बाट आउने सत्यका साथ यो साँझ सजाउँदै छु
स्वतन्त्रताको खोजीमा रहिरहे म
स बाट आउने समाजलाई सुनगाभा झै सुन्दर बनाउँदै छु ।
स बाट आउने सत्यको साथ सबैले स्विकार गर्छन
स बाट आउने सृष्टिको सौन्दर्यमा सबैले पुजा गर्छन
संस्कार कहिल्यै नरितियोस् जस्तो लाग्छ
स बाट आउने सत्रुता मेटिएको छन ।
स बाट आउने सामाथ्र्यको कमजोरी मेरो साथमा छैन
स बाट आउने सगरमाथा हाम्रो सान नभनिएको होइन
तर स्वयमका सद्भावको सम्भावना घटिएछ
स बाट आउने सत्रुता यहाँ मेटिएका छन ।
स बाट आउने संसारको सत्कर्म साथ मानवहरुमा रह्यो
स बाट आउने सम्मानको खोजी तिव्र स्तरमा बढ्यो
यहाँ सरलताको समिरहरु निसासिदै छ जस्तो
स बाट आउने सडकमा हिड्ने नाङ्गो खुट्टामा सिसा गड्यो ।
स बाट आउने समयलाई जित्ने सामाथ्र्य बनाउनु छ
स बाट आउने सर्वाेच्च स्वरुपमा भाव जनाउनु छ
समयले जिन्दागीको वास्तविक रुप देखाउछ रे
त्यसमा हास्दै स बाट आउने समापनको मादल बजाउनु छ ।