परिवार सबै रमेकै थियौँ
खुसी सबैमा बाडेकै थियौँ
माया र स्नेह त झन
मुटुभरि साटैकै थियौँ
एकछिन पनि नछोडी साथ
हातेमालो हर कार्यमा गरेकै थियौँ
हामी सबै सधैँ यस्तै भनी
मनले धानेकै थियौँ
उन्नतिपथमा लागेकै थियौँ
हौसला सबैको पाएकै थियौँ
पाइला पाइलामा साथ
आफैँलाई धन्य थानेकै थियौँ
तर त्यो साथ पाइनँ आमा मैले
तिमीलाई साथै लग्यो पापी कोरनाले
छोडेको छैन तिमीलाई
सम्झी रात बिताउन
तिमीले देखाएको पथमा
सदा अघि बढ्छु भनी
प्रण गरेँ मैले