आचार्य ॐ कारेश्वरानन्द अवधूत

यौन ग्रन्थिको कार्यः किशोर अवस्थामा आएपछि केटाकेटीहरुको शरीरमा स्थित यौनग्रन्थिहरु क्रियाशिल हुन्छन् ।यिनीहरुले यौन सम्बन्धि कार्यलाई नियन्त्रण गर्दछ ।महिलाहरुको सानो पेटमा अण्डाशय वा डिम्बाशयहरु र पुरुषहरुका शरीरमा पेट बाहिर अण्डाशयहरु छालाको थैलीमा राखेका हुन्छन् । शरीरहरुको तापमान र दबाबमा अण्डग्रन्थीको कार्य सुचारु ढंगले हुन सक्दैन । महिलामा अण्डहरु र पुरुषमा शुक्राणुको उत्पादन गर्नको साथैमा पुरुष यौनरस (हार्मोन) एण्ड्रोजन र महिला हार्मोन एस्ट्रोजेन पनि बनाउँदछन् । यी हार्मोनहरुले शरीरको लैड्डिक विकास र भावना,मानसिक परिवर्तन र व्यवहारको नियमन गर्दछन् ।

यौनरसको प्रभावः पुरुष हार्मोन एण्ड्रोजेन र टेस्टोस्टेरोनले केटाहरुको शरीरमा मांसपेशीको प्रमाण बढाउँछ र आक्रामक व्यवहार ल्याउँछ,स्त्री हार्मोन एस्ट्रोजेन र प्रोजेस्टेरोनको कारणले केटीहरुको शरीरमा बोसोको प्रमाण बढ्छ र लचिलोपन,नरमाई ल्याउँछ । वास्तवमा प्रत्येक व्यक्तिको शरीरमा दुवै (पुरुष र स्त्री) हार्मोनहरु विद्यमान हुन्छन् तर यीनको सहि मात्राले व्यक्तिको व्यक्तित्व सन्तुलन भएको हुन्छ । लिङ्गपरिवर्तन यसैकारण सम्भव हुन्छ ।

यौनग्रन्थिको भावनात्मक असरः उष्णदेशमा १३ वर्षको उमेरमा र शीतदेशमा १५ वर्ष को उमेरमा यी ग्रन्थिहरु सक्रिय हुन्छन् । केटाहरु भन्दा केटीहरुमा यो परिवर्तन छिटो देखिन्छ । अन्नको अन्तिम रुप शुक्र धातु हो । यसलाई लिम्फ पनि भनिन्छ , यसको अतिरिक्त मात्राबाट शुक्राणु र अण्डाणुको निर्माण हुन्छ । शरीरमा वीर्य वा रजको रुपमा बाहिर निस्कनु नै यौनावस्थाको प्रारम्भ मानिन्छ,यसै समय स्वाभाविक रस क्षरण (अण्डकोषबाट) ले किशोर-किशोरीको मनमा कर्तव्यबोधको प्रेरणा जाग्दछ । आमाबुवाको बचनानुसार चल्दछ, आज्ञाकारी हुन्छ । यस्तो दायित्वबोध तीन-चार वर्षको शिशुमा हुन्दैन । अण्डकोष अति सक्रिय हुँदा किशोरको मनमा विचारशीलता र तर्कशक्तिको उदय हुन्छ ।यसैले आफूलाई दिएको कुनै अनैतिक,अतार्किक आवेशको पालना गर्नमा अप्ठ्यारो महशुस गर्दछ । यसैकारण अभिभावक चिन्तित रहन्छन् । तर यो उसको दोष होइन,वातावरण र उमेरको दोष हो । अल्प समयमै यो अवस्था स्वाभाविक हुन्छ । फेरि यी ग्रन्थिको रक्तस्राव निकै कम भयो भने शरीरमा रौँहरु कम हुन्छन् र स्वभाव निष्ठुर,क्रुर हुन्छ । जानी-जानी साना किरा-फट्याङग्रालाई मारी दिन्छ । सन्तुलित हार्मोन क्षरणले किशोर—किशोरीलाई दयालु मायालु बनाउँदछ । यसैलाई सहि वातावरण र मार्ग दर्शनबाट देशप्रेम,मानवप्रेम र विश्वप्रेममा रुपान्तरण गर्न सकिन्छ । यस्ता युवाहरु नै समग्र संसारको लागी सेवा र आदर्शको लागी उदाहरण बन्न सक्छन् । समाज परिवर्तनका माध्यम हुन सक्छन् ।

नपुंसकताको शिकारः अतितकालमा गुलामहरुलाई नपुंसक बनाइन्थ्यो ।स्त्री शरीरबाट ओभरी (डिम्बाशय) र पुरुषदेहबाट टेस्टीज (अण्डाशय) अपरेशन गरेर काटेर फालिदिए खोजा बनाउँने व्यवस्था थियो । उनीहरुलाई रानीवास,जनानाघरमा सेवक सेविका दासदासीको रुपमा राखिन्थ्यो । यो बर्बर र अमानवीय कृत्य हो ।

प्रोस्टेट ग्रन्थिको बारेमाः पुरुषहरुमा मात्र हुने यो पुरस्थ ग्रन्थि हो । यसको क्रियाशिलताले मनमा लज्जावृत्तिको स्फूरण हुन्छ । पाँच वर्ष मुनिका बच्चामा लज्जा हुँदैन । उ निवस्त्र बाटोमा घुुुमफिर गर्छ । कुनै अनैतिक वा नराम्रो कार्य गर्दा मनमा लज्जा भाव रहनु स्वाभाविकतः ठूलाहरुमा हुनुपर्दछ । यस ग्रन्थिको कम बढी श्रावले मनुष्यले डरपोक वा निराश बनाउँदछ ।