एक पटक बादशाह अकबरले हातमा तरवार लिएर खेलाउँदै थिए । अचानक उनको बायाँ हातको कान्छी औँलामा तरवारले काट्यो र रगत बग्न थाल्यो । वीरबल नजिकै थिए । उनले भनिहाले,“ नआत्तिनुहोस सम्राट्, जे हुन्छ भलै हुन्छ ।” आफ्नो हातमा रगत बगिरहँदा पनि त्यस्तो बेवास्ता गर्ने भनेर अकबरलाई रिस उठ्यो । उनले वीरबललाई हिरासतमा राख्ने आदेश दिए । अकबरको औँलामा वैद्यले पट्टी लगाइदिए । एक दिन बादशाह अकबर सिपाहीसहित शिकार खेल्न वनमा गए तर वनमा एक थरी आदिवासी भेटिए ।

उनीहरुले बादशाह अकबर र उनको दलमाथि अन्धाधुन्ध आक्रमण गरे । कति सिपाही घाइते भए त कति भागे । अन्ततःउनीहरुले अकबरलाई समाते । यसलाई बलि दिनुपर्छ । उनीहरुले निश्चित गरेर लिइ गए । उनीहरुले आफ्नो देवताको थानमा पुर्‍याएर मार्नै के लागेका थिए उनीहरुको अगुवाको आँखा अकबरको औँलामा पुग्यो । उसले तत्काल अरुलाई रोक्दै भन्यो,“पर्ख,यो पूर्ण प्रजाति होइन ।” आदिवासीहरुले अकबरलाई छोडिदिए ।

दरबारमा पुगेपछि अकबरले वीरबललाई हिरासत मुक्त गरे र क्षमा याचना पनि गरे । वीरबलले भने,“जे हुन्छ भलै हुन्छ” ।