Home मुख्य समाचार बागमती प्रदेशमा समाजवादी रोज्ने सांसद संख्या १३ पुग्यो

बागमती प्रदेशमा समाजवादी रोज्ने सांसद संख्या १३ पुग्यो

हेटौंडाः बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने सांसदको संख्या १३ पुगेको छ । शुक्रबार सांसद मिना ज्ञवाली हेटौंडा आएर प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरी काठमाडौं फर्कनुभएको हो ।

यसअघि बागमती प्रदेश सभा सदस्यहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, कृष्ण खनाल, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, कुसुमकुमार कार्की, रमा आले, माधव पौडेल पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, वसन्त मानन्धर लगायतले समाजवादीको पक्षमा सनाखत गरेका थिए । अन्य प्रदेश सांसदहरुले पनि समाजवादीमा सनाखत तयारी गरेको नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मुनु सिग्देलले बताउनुभयो ।

Exit mobile version