फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज शुक्रबार ५१ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

२९ जना महिला र ३० जना पुरुषको स्वाब नमुना सङ्कलन गरिएको हो । सङ्कलन भएको स्वाब नमुना कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।