हेटौंडाः हेटौंडा अस्पतालमा आज बिहीबार १३ जना कोरोना संक्रमित उपचाररत छन् । एचडियु कक्षमा १२ जना र आइसियु कक्षमा एकजना गरी १३ जना संक्रमितको उपचार भइरहेको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. प्रशान्त विडारीले जानकारी दिनुभयो ।

आज उपचार सेवा लिइरहेका मध्ये २ जना बालबालिका रहेका छन् । ११ महिना र ३ बर्षका संक्रमित बालबालिकाको उपचार भइरहेको उहाँले बताउनुभयो । यस्तै, उपचाररत मध्ये आइसियु कक्षमा रहेका एकजनाको स्वास्थ्य अवस्था गम्भिर रहेको र बाँकीको भने स्वास्थ्य अवस्था सामान्य रहेको डा. विडारीले जानकारी दिनुभयो ।