Home मुख्य समाचार पहिरोे हटाएसँगै भिमफेदी–कुलेखानी सडक सञ्चालनमा आयोे

पहिरोे हटाएसँगै भिमफेदी–कुलेखानी सडक सञ्चालनमा आयोे

फाइल तस्बिर

हेटौंडाः मकवानपुरको हेटौंडाबाट काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडकखण्डमा खसेको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको छ । सोमबार बिहान इन्द्रसरोवार–३ स्थित थिङटोलमा पहिरो हटाएसँगै सडकखण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इन्द्रसरोवार–३ थिङटोेलस्थित सडकखण्डमा शनिबार रातिदेखिको निरन्तरणको बर्षाले पहिरो खसेको थियो । आइतबार पहिरो हटाउने काम थालेपनि फेरी पानी परेर पहिरो हटाउन सकेको थिएन ।

Exit mobile version