सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्ड अन्र्तगत शनिबार सुमो र स्कुटर ठोकिँदा घाइते भएको स्कुटर चालक मौेसम लामाको सोेमबार मृत्यु भएको छ । हेटौंडा–८ कमानेका १७ बर्षीय लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोेमबार बिहान मृत्युु भएको हो ।

हेटौंडाबाट काठमाडौँतर्फ गइरहेको ना १ ज ७९ ३१ नम्बरको सुमोे र भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको स्कुटर शनिबार भीमफेदी–१ स्थित त्रिखण्डीमा आपसमा ठोकिँदा स्कुटरमा सवार सुशिल लामा र मौसम लामा घाइते भएका थिए । उनीहरुलाई शनिबार नै उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएकोे थियो । अर्का घाइते हेटौंडा–८ कमानेकै १८ बर्षीय सुशिल लामाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।