हेटौंडाः झरना–बकैया बाल साहित्य पहिचान समितिको आयोजनामा विद्यालयस्तरीय मुक्तक केन्द्रित साहित्यिक प्रशिक्षण कार्यक्रम भएको छ । शनिबार बकैया गाउँपालिकाका ५ वटा विद्यालयमा गठित बाल साहित्य समितिमा आबद्ध विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा विश्वनाथ सञ्जेलले मुक्तकका बारेमा प्रशिक्षण दिनुभएको थियो । सञ्जेलले पछिल्लो समयमा सामाजिक सञ्जालमा मुक्तकहरु बढी पोष्ट हुने गरेको भन्दै चार हरफमा मुक्तक लेख्न सिकाउनुभएको थियो ।
झरना–बकैया बाल साहित्य परिचालन समितिका संयोजक चिरञ्जीवी लामिछानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । संयोजक लामिछानेले मुक्तक प्रशिक्षण कार्यक्रमले साहित्य जगतमा बालबालिकाले आफ्नो कलाको विकास गर्न सहयोग पु¥याउने बताउनुभयो । साहित्यलाई प्राथमिकता दिई कलम चलाएर संघर्ष गर्न खोज्न चाहनेलाई भविष्यमा सफलता दिलाउन कार्यक्रम उपयोगी रहेको बताउनुभयो ।
कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, झरना–बकैया बाल साहित्य परिचालन समितिका अध्यक्ष विजय दोङ, झरना–बकैया बाल साहित्य परिचालन समितिका सचिव स्वस्तिका दाहाललगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।