हेटौंडाः मकवानपुरको हेटौंडा–भैंसे सडकखण्डको सानुटारमा शुक्रबार बिहान भएको ट्रक दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।
इटहरीबाट विजुलीको तार लिएर नौविसेतर्फ जाँदै गरेको प्र.१–००२ ख ८७५९ नम्बरको ट्रक सडकबाट तल खस्दा ट्रकमा सवार सिन्धाुलीका २८ बर्षीय भोजराज बस्नेतको मृत्यु भएको हो । बस्नेतको बिहान पहिचान खुल्न सकेको थिएन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालका अनुसार ट्रकमा ३ जना थिए ।
ट्रक चालक मोरङका राजन बास्कोटाको हाल हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यस्तै गम्भिर घाइते भएका सोही स्थानका सहचालक सरोज आचार्यको थप उपचारको लागि काठमाडौं रिफर गरिएको प्रहरी प्रवक्ता रिमालले बताउनुभयो ।