हेटौंडाः नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला सचिवालय समितिको बैठक सोमबार हेटौंडामा बसेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकले यही भदौ मसान्तसम्म पार्टी सदस्यता नवीकरण र वितरण गरिसक्ने निर्णय गरेको छ । साथै उक्त अवधिभित्र पार्टीका सेल कमिटीहरु निर्माण, भेला तथा बैठक गरिसक्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनले बताउनुभयो ।
बैठकले आउँदो असोज १० गतेभित्र जिल्लाको एक सय दुईवटै वडाको भेला, सम्मेलन सक्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । किसान, महिला, युवा, जनस्वास्थ्य, दलित, कर्मचारी, विद्यार्थी, शिक्षक, पूर्वजनमुक्ति सेनालगायत जनवर्गीय संगठनहरुको भेला, बैठक र सम्मेलनहरु भदौ मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको पाख्रिनले बताउनुभयो ।