फाइल तस्वीर ।

हेटौंड: हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट मंगलबार ९३ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

५१ जना पुरुष र ४२ जना महिला गरी ९३ जनाको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

मंगलबार स्वाब सङ्कलन गराउनेहरुमा पुरुषको सङ्ख्या धेरै रहेको छ । मंगलबार स्वाब सङ्कलन गराउनेहरुको कोरोना परिक्षणको रिपार्ट बुधबार दिउँसो आउने चौलागाईले बताउनुभयो ।