स्त्री पुरुषका बिचमा पतिपत्निको सम्बन्ध कायम गराउने धार्मिक कार्यलाई विवाह भनिन्छ ।विवाह गर्न उपयुक्त उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनत विवाह गर्ने उमेर २० वर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
शरीरिक र मानसिक रुपमा परिपक्क नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागी उमेरको हदबन्दी तोकिएको हो । बालविवाहको समस्या नेपालमा धेरै देखिन थालेका छन् । विषेशगरी नेपालको तराई क्षेत्रमा बढी छ । यस्तो समस्या शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका समुदायमा यस्तो समस्या बढी पाइन्छ । विषेश गरी तराई क्षेत्रमा बालविवाह बढी रहेको छ ।
अभिभाकहरुले घरमा काम गर्ने मान्छेको सङ्ख्या बढाउन छोराको कमै उमेरमा विवाह गर्ने गरेको पाइन्छ । कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास र दाइजो प्रथा पनि बालविवाहको मुख्य कारण हो । गरिबी र विभेद छोरीको कम उमेरमा विवाह भएको देखिन्छ । अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुनु जस्ता कारणले बालविवाह अहिलेको परिस्थितीमा बालविवाह रोक्न सकिएको छैन् ।
समुदायका मानिसहरुले सामाजिक मुल्य मान्यता,इज्जतका कारण बालविवाह बिरुद्ध बोल्न सकेका छैनन् । बाल विवाह बिरुद्धका उजुरी दर्ता भएका छैनन् । खराब राजीतिका कारण बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन् सकेका छैनन् ।
अहिलेको कोरोना भाइरसको महामारीपछि अझ बढी बालविवाह हुन थालेको छ । विश्वव्यापीरुपमा विद्यालयहरु बन्द हुनु, परिवारमा आर्थिक कठिनाई लकडाउन भए पश्चात निम्न वर्गका परिवारलाई बिहान बेलुका छाक टार्न समेत धाउ धाउ पर्दा बालबालिकाले बालविवाह गर्ने जस्ता समस्या उत्पन्न हुदैँ गएका छन् । बालबालिकाले पाउने सेवा सुविधामा वाधा आउनु जस्ता कारणले पनि बाल विवाह बढ्दै गएको छ ।
बालविवाहबाट उत्पन्न हुने समस्या बारे अभिभावकलाई जानकारी छैन् । कुनै कुनै गैरसरकारी संस्थाले केही मात्रामा कार्यक्रम गरेको पाइन्छ । कार्यक्रम गरे पनि प्रभावकारी भने हुनसकेको छैन् यदी प्रभावकारी हुने हो भने त बालविवाह केही मात्रामा कमी हुन्थ्यो होला ।
बलविवाहका कारण शारिरीक तथा मानसिक रोगको शिकार हुने , बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकार समेत गुमाउँछन् । घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुने, कामको बोझ बोक्नुपर्ने, कमै उमेरमा सन्तान जन्माउँदा आमा शिशुको मृत्यु हुने जोखिम उच्च हुन्छ । कम उमेरको आमाले जन्माएको शिशुमा अपाङ्गता हुने समस्या उत्पन्न हुन्छ । विवाहपछि बालबालिकाको पढाइ बिग्रन्छ, बिरामी भइरहने, छिटो विवाह गर्दा छिटो बच्चा जन्मने बालबालिकाको मानसिक शक्तिको विकाश हुन नपाउने , गर्भा अवस्थामा तथा सुत्केरी हुदाँ परिवारको सहयोग नपाउने , शारिरीक तथा मानसिक विकास हुन नपाउने, व्यवहारिक कुरा बुझन नपाउदैँ जीवन बर्बाद हुने, परिवार चलाउन गाह्रो हुने । जस्ता समस्या देखिन्छन् ।
बालविवाह, बालअधिकार , महिला अधिकार मानवअधिकारको हनन मात्र नभई विकास र समृद्धिको वाधक सावित भएको छ । त्यसैले यस्को उन्मुलन गर्न जरुरी छ । मुलुक संघियतामा पुगिसकेको अवस्थामा यस्ता कुप्रथाहरु अन्त्य हुन जरुरी छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारले चाहेमा यो संभव हुन सक्छ । अन्य सरोकारवालाले पनि यसमा हातेमालो गरे बालविवाह अन्त्य गर्न सकिन्छ ।
बल विवाह हटाउन विषेश गरी छोरीको सशक्तीकरण गर्नुपर्छ । बाल विवाह परम्परागत संस्कृति जातीय व्यवस्थासँग जोडिएको विषय हो । त्यसैले सर्वप्रथम त्यस्ता कुस्संस्कार र जातीय व्यवस्थालाई बदल्न जरुरी छ । समुदायसँग नजिक स्थानीय सरकार रहन्छ । उसले बालविवाह विरुद्ध अभियान सञ्चालन गर्नुपर्छ । बाल विवाह गर्ने गराउनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सक्नु पर्छ । बाल विवाह र दाइजो समस्या बढी रहेको समुदायका मानिसले बिना दाइजो उमेर पुगेर विवाह गर्दा सम्मान गर्नुपर्छ ।
बलविवाह गैरकानुनी हो । यसबाट बालबालिकाले शारिरीक, मानसिक र शैक्षिक विकासको अवसर र रहर गुमाउनुपर्छ भन्ने जान्दाजान्दै पनि गलत परिपाटीका विरुद्ध आवाज उठाउन सकिरहेका छैनन् । तसर्थ राज्यले कानुनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ ।
यसरी सबै निकायले हातेमालो गरेर बालविवाह विरुद्ध अभियान सञ्चालन गरे बालविवाहको अन्त्य गर्न सकिन्छ ।