नेपाली राजनीति फेरी अध्यादेशको भुमरीमा रुमलिएको छ । अध्यादेशबाट देश चलाएको भन्दै चर्को विरोध गर्नेहरु सत्तामा छन् । तर उनीहरुले नै यतिबेला अघिल्लो सरकारको क्रियाकलापलाई दोहोर्‍याउने काम गरि रहेका छन् । संसद छलेर तत्काल आवश्यक नपर्ने विद्येयकहरु राष्ट्रपतिबाट प्रमाणि करण गर्ने गरेको भन्दै ओली सरकारको चौतर्फी आलोचना हुने गरेको थियो । नागरिक समाज देखि बौद्धिक वर्ग तत्कालिन सरकारले अध्यादेशबाट मुलुक चलाउन खोजेको भन्दै विरोधमा उत्रिएका हुन । तर गलत प्रवृत्तीको विरोध गर्ने समुह नै सरकारमा हुदाँ त्यही प्रवृत्ती दोहोरिनु दुखद पक्ष हो । सत्तामा र विपक्षमा रहदाँ फरक आर्दश र सिद्धान्त प्रयोग गर्ने नेपाली राजनीतिक चरित्र बन्दै आएको छ ।

नेकपा नेतृत्वमा रहेको ओली सरकारले दल विभाजन सम्वन्धी अध्यादेश जारी गर्दा चर्को विरोध गर्ने नेपाली कांग्रेस यतिबेला सरकारको नेतृ्रत्वमा छ । आफैले हिजो विरोध गरेको बिषयमा आज आफै अग्रसर हुनले दोहोरो चरित्र प्रष्ट्याउद छ । खराव कुरा जहिले पनि खराव नै हुन्छ । तर सत्ताबाट हेर्दा असल र विपक्षिमा बस्दा खराव देख्ने प्रवृत्तीमा सुधार नआए सम्म नेपाली राजनीतिमा मौलाएको दोहोरो चरित्रले प्रजातान्त्रिक अभ्यास र संविधानलाई नोक्सान मात्र गर्ने छ । संविधान र संसदलाई कार्यान्वयन गर्ने दावी सहित गठन भएको गठवन्धन सरकारले पनि गलत इतिहास दोहोर्‍याएको छ । अध्यादेश ल्याउने विकल्प सरकार संग छ र गठवन्धन सरकारका सिमा र वाध्यता होलान् । तर संसद छल्ने काम गलत नै हो ।

संसदलाई काम नदिने र बन्द गराएको भोलीपल्टै अध्यादेश जारी गराउनु लोकतान्त्रिक सरकारको असल नियत र चरित्र हैन् । हन त हिजो केपी ओलीले तयार बनाएको अध्यादेशको ड्राफ देउवा सरकारले अघि बढाएको हो । उदेश्य दुवैको सत्ता टिकाई राख्नु नै हो । हुन त हिजो बुहमत भएको ओली सरकारलाई कुनै विद्येयक वा कार्यक्रम असफल हुने डर थिएन । तर आज देउवाको गठवन्धनलाई संसदमा कुनै विद्येयक पेश गर्न स्पस्ट बहुमत छैन् । त्यसैले पनि यो पटक अध्यादेश बाध्यता भन्ने तर्क पनि छ । अध्यादेशको सट्टा विद्येयकका रुपमा संसदमा पेश भएको भए जे परिणाम आए पनि अगाडीका कदम चाल्न सकिन्नथ्यो र भन्ने प्रश्न छ ।

अध्यादेश काण्डले दलहरुको हैशियत र चरित्र प्रष्ट्याई दिएको छ । यही कुरा हिजो ओलीका लागि आवश्यक थियो र सत्तापक्षले डडेर समर्थन गर्दा अहिलेको सत्ता पक्षले खुलेर विरोध गरेको हो । आज अवस्था फेरी ठिक उल्टो भएको छ । कालोलाई कालो भन्न नसक्ने कस्तो राजनीतिक चरित्र हो नेताहरुको ? आफुले गरेको ठिक र अरुले त्यही काम गर्दा बेठिक कसरी हुन्छ ? वर्तमान गठनबन्धनका केही नेताहरुले चाही केही नैतिकता देखाएका छन् । मनभित्र जे सुकै भए पनि खपतका लागि अध्यादेशको विरोध गरेका छन् । तर यही अध्यादेशको समर्थन गर्नेहरुले आज विरोध गर्न कुन नैतिकताले दिएको छ । यही दोहोरो चरित्रले गर्दा नेपाली राजनेताहरु प्रति नागरिकको विश्वास विस्तारै कमजोर हुदै गएको छ । आफ्ना मान्यतामा भन्दा स्वार्थमा बोल्ने र व्यवहार गर्ने गर्दा नै राजनीति दुषित हुदै गएको हो ।