सांकेतिक तस्विर ।


हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडाका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला अदालत मकवानपुरको ०७७ साउन ११ गतेको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद र ३ हजार जरिवाना भुक्तान गर्न बाँकी हेटौंडा–१० का ३४ वर्षको सन्तोष साहलाई पक्राउ बुधबार पक्राउ गरिएको हो ।

यस्तै जिल्ला अदालत मकवनपुरको २०७५ असार १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी हेटौंडा–१२ का २७ वर्षको उद्धव तिवारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

मकवानपुर जिल्ला अदालतको २०७३ भाद्र १५ गतेको फैसलाले लागुऔषध खैरो हिरोईन मुद्दामा २ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी हेटौंडा–५ को २६ वर्षिय प्रदिप राज कार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरु सबैलाई प्रहरीले जिल्ला अदालत मकवानपुर उपस्थिति गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।