Home मुख्य समाचार एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

हेटौंडाः एमाले बागमती प्रदेश संसदीय दलको बैठक अहिले बागमती प्रदेश सभा सचिवालयमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश जारी भएसँगै बागमती प्रदेशको राजनीतिमा उत्तारचढाव आएको छ ।

एमाले बागमती संसदीय दलको नेतामा माधव नेपाल पक्षको अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ । उच्च स्रोतका अनुसार बागमती प्रदेश सरकारको मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट भने राजिनामा दिएका छैनन् । यसअघि मुख्यमन्त्री डोरमणि पौडेल बागमती प्रदेशको संसदीय दलको नेता थिए ।

Exit mobile version