Home मुख्य समाचार कसैको दबाबले राजीनामा दिएको हैन, पार्टी एकता गर्न राजीनामा दिएः मुख्यमन्त्री डोरमणि...

कसैको दबाबले राजीनामा दिएको हैन, पार्टी एकता गर्न राजीनामा दिएः मुख्यमन्त्री डोरमणि पौडेल

बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल


हेटौंडाः बामगती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले कसैको दबाब र प्रेसरमा दलको नेताबाट राजीनामा नदिएको बताउनुभएको छ । नेकपा एमाले पार्टी फुट्ने समयमा प्रदेशबाट सकारात्मक सन्देश दिन खाजेको उहाँले बताउनुभयो । नेकपा एमालेलाई राष्ट्रिय रुपमा एकताबद्ध बनाउन सहयोग पुर्‍याउने हेतुले अष्टलक्ष्मी शाक्यलाई दलको नेत चयन गरेको उहाँको भनाई छ । यो सन्देशले माथिल्लो नेताहरुलाई पनि एकताबद्ध हुन दबाब पर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

प्रतिकुलताबीच पनि साढे ३ वर्ष काम गर्दा असन्तुष्ट हुने अवस्था कुनै पनि नरहेको भन्दै यो कार्यकालमा अन्य प्रदेशको भन्दा बागमती प्रदेशमा बढी काम भएको पौडेलले बताउनुभयो ।

अबको करिब १७ महिना यो सरकारको कार्यकाल पनि नेकपा एमालले नै चलाउने, सरकारमा नभए पनि सरकारलाई पूर्ण साथ सहयोग गर्ने अठोटका साथ दलको नेताबाट आज राजीनामा दिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो

मुख्यमन्त्री पौडेलले परिस्थित मिलेसम्म आजै नभए भोलिसम्म मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ । प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने निश्चित भइसकेको छ ।

Exit mobile version