सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुर पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय १० जनाको पीसीआर परिक्षण गर्दा ५४ जनामा र ३२ जनामा एन्टिजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका धैरै रहेको छ । हेटौंडा उपमहानगरपालिकामा मात्र ४६ मा कोरोना पुष्टि भएको छ । यस्तै थाहा नगरपालिकाका ४ जनामा, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका र बकैया गाउँपालिकामा १–१ जनामा पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुुल संख्या १४ हजार ४ सय १ जना पुगेको छ । जिल्लामा अहिले ३ सय २१ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेको छ । जसमध्ये ३ सय ८२ जना होम आइसोलेसनमा र ३९ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा १ सय १ जना कोरोना संक्रमणमुक्त भएको छ । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या १३ हजार ८८० जना पुगेको छ । यसै अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१ का ६५ बर्षिय पुरष रहेको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ सय ५६ पुगेको छ ।