फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब सङ्कलन केन्द्रबाट सोमबार ९३ जनाको स्वाब सङ्कलन गरिएको छ ।

३७ जना महिला र ५६ जना पुरुष गरी ९३ जनाको स्वाब सङ्कलन गरेर कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । सोमबार स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षण रिपोर्ट मंगलबार दिउँसो आउने चौलागाईले बताउनुभयो ।