हेटौंडाः मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकामा मकवानपुरगढी गाउँपालिकाका मान बहादुर लुङ्बाको शव फेला परेको छ । शनिबार बकैया–११ मा मकवानपुरगढी गाउँपालिका वडा नं.१ का २८ बर्षिय मान बहादुर लुङ्बाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार दिउँसो ३ बजेको समयमा बकैया–११ का स्थानीयले लुङ्बाको शव देखेपछि प्रहरीलाई सम्पर्क गरेका थिए । घट्नास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहही कार्यालय मकवानपुरका प्रहरी निरिक्षकसहितको टोली पुगेकोे प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार घट्नास्थलमा प्रहरी पुगेर अनुसन्धान गरेपछि घट्नाको थप विवरण आउँनेछ । शव पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको पनि प्रहरी प्रवक्ता रिमालले बताउनुभयो ।
