Home मुख्य समाचार मास्क नलगाउने १८४ जनाले तिरे एक–एक सय जरिवाना

मास्क नलगाउने १८४ जनाले तिरे एक–एक सय जरिवाना

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा ट्रक चालकलाई मास्क वितरण गर्दै प्रहरी । फाइल तस्वीर ।

हेटौडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गराउन प्रहरी सक्रिय बनेको छ । प्रहरीले मास्क नलगाउने १८४ जनालाई बिहीबार एक–एक सय जरिवाना गरेर छाडेको छ ।

यस्तै निषेधाज्ञाको समयमा पनि तोकिएको समय भन्दा बाहेकको समयमा पसल संचालन गरेका २३ जनालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले २ देखि १० हजार सम्म जरिवाना गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बिहीबार मकवानपुर प्रहरीले ११ सय ३३ थान मास्क निशुल्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

Exit mobile version