त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा ट्रक चालकलाई मास्क वितरण गर्दै प्रहरी । फाइल तस्वीर ।

हेटौडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गराउन प्रहरी सक्रिय बनेको छ । प्रहरीले मास्क नलगाउने १८४ जनालाई बिहीबार एक–एक सय जरिवाना गरेर छाडेको छ ।

यस्तै निषेधाज्ञाको समयमा पनि तोकिएको समय भन्दा बाहेकको समयमा पसल संचालन गरेका २३ जनालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले २ देखि १० हजार सम्म जरिवाना गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बिहीबार मकवानपुर प्रहरीले ११ सय ३३ थान मास्क निशुल्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।