सांकेतिक तस्बिर ।


हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ सय १७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ४९ जनामा र २२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हेटौंडा उपमहानगरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थाहा नगरपालिकाका ३ जनामा, बागमती गाउँपालिकाका २ जनामा, मनहरी गाउँपालिकाका २ जनामा र भीमफेदी गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या १४ हजार १ सय २२ जना पुगेका छ ।

जिल्लामा हाल १ हजार १९ जना कोरोना संक्रमणको सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये ९ सय ७३ जना होम आइसोलेसनमा र ४६ जना संस्थागत आइसोलेसनमा उपचार गराइरहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या १२ हजार ९ सय ७ पुगेका छ ।