हेटौंडा अस्पातल ।

हेटौंडाः हेटौंडा अस्पतालमा बुधबार २३ जना कोरोनाको संक्रमितहरुले उपचार गराइरहेका छन् । अहिले ११ जना संक्रमित आइसियूमा छन् । जसमध्ये ६ जनाको भेन्टिलेटेरको सहायतामा उपचार भइरहेको छ ।

यसैगरी एचडियूमा २ जना बालबालिका र अन्य १० जनाले उपचार गराइरहेको अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेले बताउनुभयो । अस्पतालबाट कोरोना संक्रमित २ जना बालिबालिकासहित ४ जना बुधबार डिस्चार्ज भएका छन् । हालसम्म हेटौंडा अस्पतालमा १० जना कोरोना संक्रमित बालबालिकाको उपचार भइसकेको डा. काफ्लेले जानकारी दिनुभयो ।