हेटौंडाः बागमती प्रदेशमा आइतबार १३ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशमा संक्रमितहरुको संख्या बढ्न थालेको सामाजिक विकास मन्त्रालयका कोभिड फोकल पर्सन डा. पुरुषोत्तमराज सेढाईले बताउनुभयो ।
प्रदेशको काठमाडौंमा सबैभन्दा धेरै ७ सय ५० जना संक्रमित भएको उहाँले बताउनुभयो । यस्तै आइतबार साँझ ५ बजेसम्म ११ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
प्रदेशमा अहिले १२ हजार ८ सय ७२ संक्रमितहरु होम आइसोलसनमा रहेका छन् । १०४ जना भेन्टिलेटर, ५ सय २० जना आइसियू, ७ सय १७ जना एचडियूमा, ३१७ जना अस्पतालको बेडमा र ३ सय २८ जना कोरोना संक्रमितहरु संस्थागत आइसोलेसन सेन्टरमा उपचाररत छन् ।











