सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा पानी घट्टमा परि एक बालिकाको मृत्यु भएको छ । शनिबार बकैया–१२ ठिङ्गनस्थित पानी घट्टमा परि ७ बर्षीय रोशनी ङ्यासुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रवक्ता देवेन्द्र दासले बताउनुभयो ।

मृत्यु भएकी बालिकाको आइतबार शव पोष्टमार्टम भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।