मेहेनत गरौँ अब त हामी नपरौँ पछाडि
गरेर श्रम गई नै सके अरुत अगाडि
प्रयास गर तिमीले छैन लक्ष्य पो टाढा त
फूलको बाटो फूलनै हुन्न हुन्छ त काँडा त
नराम्रो साथीको पछि परि पुगिन्न लक्ष्यमा
असल बाटो समाऊ तिमी पुग्नुछ पक्षमा
यसरी हार मानेर तिम्ले चल्दैन संसार
लडेर उठ फेरि हैतिमील्याउन बहार
साथी नै हुन् आमा र बुबा शिक्षक तिम्रो त
गरेर राम्रो नाम नै राख्नु नाक नै हाम्रो त
शब्दले अरु मानिस सँग प्रभावित नहुनु
भन्नेले भन्छन् गर्नेले गर्छन् मनमा नछुनु
कतिनै काम लाग्छ यसमा सोच्छन् सबैले
हिम्मत तर गरेर प्रयास गर्दैन कसैले