सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा बुधबार १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ सय ७३ जनामा पीसीआर परीक्षण गर्दा ९६ जना र ५९ जनामा एन्टीजेन परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको हो ।

सबैभन्दा बढी ८९ जना हेटौंडा उपमहानगरपालिकाभित्र संक्रमित थपिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । थाहा नगरपालिका, मनहरी, भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा ४/४ जनामा कोरोना पुष्टि भएको छ ।

योसंगै जिल्लामा सक्रिय संक्रमिको संख्या १ हजार १ सय ५ जना पुगेको छ । १ हजार ३८ जना होम आइसोलेसनमा बसेका छन् । ६७ जना भने संस्थागत आइसोलेसनमा बसेका छन् ।