सांकेतिक तस्बिर ।

हेटौंडाः लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा–१० स्थित गण्डकी गेष्ट हाउस रेष्टुरेन्टमा बारा निजगढ नगरपालिका वडा नम्बर १३ बस्ने बर्ष १९ को सुवास गोले, र बर्ष १९ को सरोज थिङले बोकेको झोला चेकजाँच गर्दा प्रहरीले मंगलबार लागुऔषध नाईट्रोभेट ११२५ ट्याब्लेट फेला पारेको थियो । दुवै जना २० वर्षभन्दा मुनि रहेका छन् ।

उनीहरुलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।