हेटौंडाः मकवानपुर प्रहरीले बुधबार १२७ किलो गाँजा बरामद गरेको छ । बिक्रिको लागि भारत लैजाने क्रममा भारतिय ट्रक र ३ जनालाई प्रहरीले मनहरीबाट नियन्त्रणमा लिएको हो ।
मनहरी गाउँपालिका–८ सिमपानी स्थित पूर्व पश्चिोम लोकमार्ग सडक खण्डबाट डिएफबीआरइ २८३९ नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गर्दा प्रहरीले लागुऔषध गाँजा १२७ किलो फेला पारेको थियो ।
प्रहरीले ट्रक चालक भारतको बैशाल जिल्ला बस्ने बर्ष ३८ को रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर जिल्ला बस्ने बर्ष १८ को राहुल कुमार सहनी, ट्रकमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका–९ चुर्नी बस्ने ३० वर्षको रियाजुल अंसारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता देवेन्द्र दासले बताउनुभयो ।
उनीहरुमाथि थप अनुसन्धन भइरहेको उहाँले बताउनुभयो ।