आचार्य ॐ कारेश्वरानन्द अवधूत

अघिल्लो हप्ता व्यास पूर्णिमा थियो । अठार वटा पुराणहरुको रचना गरेपछि लेखक श्री व्यासजीले भन्नुभयो– हे परमात्मा तपाईं निपूर्ण नराकार भएर पनि मैले तपाईंलाई विभिन्न अठार वटा रुप अवतारहरुमा विभाजित गरेर अठार पुराणहरु लेखेको छु । तर यसको एउटै उद्देश्य थियो, ‘परोपकार पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको भलाई गर्नु पुण्य हो र अर्कालाई पीडा पुर्‍याउनु नै पाप हो । यस चिन्तन सत्यलाई देखाउन बुझाउन यी सत्यकथा कहानीहरु, दृष्टान्तहरु रचेँ ।

व्यासको अर्थ नै हो– कुनै कुरालाई फैलाउनु, विस्तारित गर्नु । लोकशिक्षा, नैतिक उपदेशका पुराणहरुको रचनाकार व्यासजीलाई गुरु पूर्णिमामा स्मरण गरिन्छ । गुरु पूर्णिमाको महत्त्व सबैलाई शिक्षा दिएर ज्ञान प्रदान गर्ने व्यासजी आदर्श शिक्षक वा समाज गुरु हुनुहुन्छ । यसैकारण व्यास पूर्णिमालाई गुरुपूर्णिमाको रुपमा पनि मानिन्छ । गुरु शब्दको अर्थ गु भनेको अज्ञान वा अन्धकार र रु भनेको हटाउने । अर्थात् जसले मनुष्यको जीवनबाट शिक्षाको प्रकाश ल्याएर अन्धकार समाप्त पार्नुहुन्छ । उहाँ नै वास्तविक गुरु हुन् । गुरु मात्र कुनै व्यक्ति होइन, गुरु एउटा तत्व हो ।

मनुष्यलाई सही बाटो देखाउने कार्य व्यक्तिबाट हुनसक्नु कुनै राम्रो विचार, वाक्य वा शब्द पनि हुनसक्छ । कुनै प्राणी वा वस्तुका विशेष गुण पनि हुनसक्छ । भगवान दत्तात्रयका चौबीस गुरु थिए । कुकुर, सर्प, वेश्याजस्ता नगण्य वस्तु, व्यक्तिहरुबाट पनि उहाँले विशिष्ट सद्गुण सिक्नुभएको थियो । अतः गुरु तत्व हो । कसैलाई पनि व्यक्ति, वस्तु घटनालाई माध्यम बनाउन सक्छ जसले गर्दा मनुष्यको जीवन नै ५ समग्र परिवर्तनतर्फ लम्किन सक्छ ।

हाम्रो शरीरमा गुरुको स्थानः हाम्रो यो शरीर जीव वैज्ञानिक यन्त्र हो । यसलाई सञ्चालन गर्ने विभिन्न शक्ति केन्द्रलाई चक्र भनिन्छ । चक्रको अस्तित्व भौतिक छैन । शरीरको चिरफार गरेर विभिन्न अंगहरु मुटु, मृगौला, कलेजो इत्यादि हेर्न सकिन्छ । मस्तिक र स्नायु नसाहरु पनि देखिन्छ, जुन हाम्रो विचार र भावनाहरु चिन्ता दुःख र खुसीलाई व्यक्त गर्ने माध्यम छ । भावना अनुभव अनुभूति गर्न दिन्छ । तर यी सब संवेदना वृत्तिहरुको मूल स्रोत हाम्रो भाव शरीरमा अदृश्य हुन्छन् । यी चक्रहरु नै ठाउँको मस्तिष्कमा सबैभन्दा माथि सहसार चक्र हुन्छ । यसैको भित्री भागलाई गुरुचक्र भनिन्छ ।

गुरु चक्रको कार्यः
सहस्रार चक्रको भौतिक नाम हो, पिनियल आन्धि । यो हाम्रो अस्तित्वलाई रक्षा गर्ने ग्रन्थी हो । यसले यस मुनिको पिट्युइटरी ग्रन्थीको माध्यमले तलका थाइराइड, प्याराथाइराइड, थाइमस एडेनल प्यान्क्रियाज, टेस्टीज, प्रोस्टेट र ओभरिज यी सबै रसले हार्मोनहरुलाई सन्तुलन राख्छ । पिट्युटरी र पाउनिएज चक्रको बीतमा रहेका हायपेथ्यालेमस नै गुरुचक्र हो । यस स्थानमा ध्यान गर्नु नै गुरु ध्यान हो । पूरै राम्रो जानका लागि विहान उठ्नेवित्तिकै तथा आँखा खोल्नुभन्दा अगाडि ओछ्यानमै गुरुचक्रमा मन राखेर ध्यान गर्नुलाई गुरुप्रकाश भनिन्छ । शास्त्रअनुसार यस समय निम्न यन्त्र प्रयोग गर्नुपर्छ प्रातः शिरासी सुक्ने अब्जे द्धिनित्र द्धिभुज गुरुम् वशमय कृतहस्त स्मश्त्त नामपूर्वकभू ।।