हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा गोठमा झुन्डिएको अवस्थामा असोक भट्टको शव फेला परेको छ । मनहरी–३ का ५२ बर्षीय भट्टको शुक्रबार बिहान आफ्नै गोठमा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।
बिहान परिवारले गोठमा भट्टको शव देखा परेपछि प्रहरीलाई जानकारी गराएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगिसकेका छन् । शव पोष्टमार्टमकोे लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।