तस्बिरः गुगल

हेटौंडाः मकवानपुर जिल्लामा गत आर्थिक वर्ष २०७७-०७८ मा १३ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्कका आधारमा १३ जनाको हत्या भएको पाइएको हो ।

गत आर्थिक वर्षमा कर्तव्य ज्यान मार्ने सम्बन्धी १३ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान मार्ने मुद्दामा १८ जनालाई अभियोग लागेको थियो । कर्तव्य ज्यान मार्ने मुद्दाका अभियुक्तमध्ये १६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने २ जना प्रतिवादी फरार रहेको उहाँले बताउनुुभयो ।