लियो क्लबद्धारा खाद्यान्न वितरण ।

हेटौंडाः हेटौंडामा रहेका तीनवटा लियो क्लबहरुले संयुक्तरुपमा खाद्यान्न वितरण गरेका छन् । हेटौंडा–१४, मयूरधापमा रहेको अनाथ अपाङ्ग बाल पुनस्र्थापना केन्द्रलाई करिब १५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो ।

लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजनका कोषाध्यक्ष अशोक सिंहको जन्मदिनका अवसरमा लियो क्लब अफ हेटौंडा मुक्तिनाथ, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजन र लियो क्लब अफ हेटौंडा मुक्तिनाथ प्याराडाइजको संयुक्त आयोजनामा खाद्यान्न वितरण गरिएको हो ।

लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका निवर्तमान अध्यक्ष रमेश उप्रेतीको प्रमुख आतिथ्यतामा खाद्यान्न वितरण गरिएको हो । कार्यक्रममा लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २ नेपालका डिस्ट्रिक एडभाइजर राजन श्रेष्ठ र लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २ नेपालका प्रेसिडेन्ट एडभाइजर राहुल जालान, लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २ अन्तर्गत्को रिजन–६ का रिजनचिफ सुदिन पौडेल, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजनका संस्थापक अध्यक्ष तथा लियो डिस्ट्रिक काउन्सिल ३२५ बी २ कोडिस्ट्रिक उमन एन्ड चिल्ड्रेन वेलफेयर प्रोगाम चिफ शिखा भट्टराईलगायतको उपस्थिति थियो ।