हेटौंडाः कोरोना भाइरस संक्रमणको कारण हेटौंडा अस्पतालमा उपचाररत थप १ जनाको मृत्यु भएको छ । आज मंगलबार बिहान १ जना महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुने धनुषा जिल्ला स्थायी ठेगाना भएकी ५५ वर्षीय महिला हुन् । उनको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजीव झाले जानकारी दिनुभयो । यस्तै मंगलबार अस्पतालमा २८ जना कोरोना संक्रमित उपचाररत रहेका पनि उहाँले बताउनुभयो ।
जसमा १४ जना महिला र १४ जना पुरुष रहेका छन् । उपचाररतमध्ये ५ जना महिला र १ जना पुरुष गरी ६ जना संक्रमित आईसीयूमा, ७ जना महिला र ८ जना पुरुष गरी १५ जना संक्रमित एचडियूूमा र २ जना महिला र ५ जना पुरुष गरी ७ जना संक्रमित आकस्मिक कक्षमा उपचार गराइरहेका छन् ।
यस्तै अस्पतालबाट मंगलबार ७ जना बिरामी डिस्चार्ज भएका छन् । जसमा ४ जना महिला र ३ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।