फाइल तस्वीर ।

हेटौंडाः कोरोना संक्रमण भए नभएको परीक्षण गर्न मंगलबार हेटौंडा–१०, गोरक्षेश्वर स्वाब संकलन केन्द्र र हेटौंडा अस्पतालमा गरी १ सय २६ जनाको स्वाब संकलन गरिएको छ ।

हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा १ सय १४ जनाको स्वाब संकलन गरिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । यस्तै हेटौंडा अस्पतालमा १२ जनाको स्वाब संकलन गरिएको हेटौंडा अस्पतालको कोभिड वार्डका इन्चार्ज डा. सागर काफेले जानकारी दिनुभएको छ । हेटौंडा अस्पतालमा ३१ जनाको एन्टिजिन परीक्षण समेत गरिएको डा. काफ्लेले जानकारी दिनुभएको छ ।