गुगल तस्विर ।

हेटौंडाः मकवानपुरमा मंगलबार २ जनाको शव फेला परेका छन् । मंगलबार २ फरक स्थानमा २ जना पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

२ जना मध्ये १ जनाको सनाखत हुन बाँकी रेहको छ । हेटौंडा–२ स्थित संगमचोकमा ज्याला मजदुरी गर्दै आएका एक पुरुषको मंगलबार बिहान आफ्नै कोठामा मृत अवस्थामा शव फेला परेको छ । बिहान कोठामा उनलाई मृत अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ५० बर्षीय उक्त पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

यस्तै बकैया–३ स्थित एक क्रसर उद्योगमा काम गर्दै आएका एक पुरुषको सोही स्थानमा रहेको पुलमा सलले झुन्डिएको अवस्थामा शव फेला परेको डिएसपी रिमालले जानकारी दिनुभयो । दाङ घर भई बकैया–३ मा काम गर्दै आएका ३५ बर्षीय भिम बहादुरको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।

डिसपी रिमालका अनुसार शव शङ्कास्पद अवस्थामा मङ्गबार बिहान ५ बजेको समयमा फेला परेको हो । घटना आत्महत्या हो या हत्या हो भन्ने विषयमा खुलेको छैन । दुबै शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको पनि उहाँले बताउनुभयो ।