फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट सोमबार ९० जनाको स्वाब नमूना संकलन भएको छ ।

३१ जना महिला र ५९ जना पुरुषको स्वाब नमूना संकलन गरेर कोरोना परीक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ ।