हेटौंडा अस्पतालमा १९ संक्रमित उपचाररत समृद्ध समाज संवाददाता - July 9, 2021 हेटौंडा अस्पातल । हेटौंडाः हेटौंडा अस्पतालमा शुक्रबार १९ जना कोरोना संक्रमितहरु उपचाररत रहेका छन् । अस्पतालको आइसियूमा ३ जना, एचडियूमा ६ र इमरजेन्सीमा १० जना संक्रमितहरु उपचार गराइरहेको अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिनुभयो ।